27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

घोराहीबाट साढे एक लाख रकमसहित ६ जुवाडे पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

दाङ ।

दाङमा घोराहीमा एक होटलमा जुवा खेलिरहेको अवस्थामा एक लाख बढी रकम सहित ६ जुवाडे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयका दाङका अनुसार घोराही उपमहानगरपालिका १५ स्थित गौरी दिप होटलमा जुवा खेलिरहेको अवस्थामा गएराती १ लाख ३९ हजार सात सय रुपैयाँ सहित ६ जना जुवाडेलाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ निवासी ४१ वर्षिय सुधिर न्यौपाने , सोही ठाउँ निवासी ३२ वर्षीय सन्तोष पराजुली, ४५ वर्षीय प्रकाश पोख्रेल, २९ वर्षीय भिम खत्री, २४ वर्षीय होमराज रोका र होटल संचालक २९ वर्षीय दिपक थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

उनीहरुको साथबाट एक गद्यी तास, नगद बरामद गरेको प्रहरीले बताएको छ । थप कानुनी प्रकृया अगाडि बढाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     12:45:35 PM  |