27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

जन्मदिनमा एम्बुलेन्स खरिदको लागि महासंघलाई १०,११० सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८  

नेपालगञ्ज ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० निवासि स्वर्ण जंग शाहले जन्म दिनको अवसरमा मानविय तथा परोपकारि काम गर्ने संस्था तथा अभियानमा सहयोग गरेका छन् ।

नेपालगन्ज स्थित एचसिआरसी हस्पिटलका प्रमुख बरिष्ट प्रसुती रोग बिशेषज्ञ डा. कुमार शान शाहका सुपुत्र स्वर्ण जंगले जन्म दिनमा उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

जन्म दिनको अवसरमा शनिबार बासले सञ्चालन गरेको मास्क बैंकलाई १० हजार १ सय १० रुपैया सहयोग हस्तान्तरण गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० भृकुटीनगर स्थित मास्क बैंक मै पुगि डा. शाह र उनका सुपुत्र स्वर्ण जंग शाहले बासका अध्यक्ष रमेश सिटौलालाई नगद सहयोग हस्तान्तरण गरेका थिए ।

यसैगरी शाहले नेपाल पत्रकार महासँघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्स, नेपालगन्ज स्थित निलसागर सेवाश्रम र भेरी अस्पतालमा २० रुपैयाका खाना अुवाउदै आएको श्री अन्जनी माता रसोईलाई १० हजार १ सय १० रुपैयाका दरले सहयोग हस्तान्तरण गरेका छन् ।

छोराको जन्म दिनमा परोपकारी कार्यमा सहयोग गर्न पाएकोमा खुसी लागेको डा. कुमार शान शाहले बताए ।

 

प्रकाशित मितिः आइतवार, जेष्ठ २३, २०७८     1:00:17 PM  |