कोहलपुर ।
बाँकेको कोहलपुरमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कोरोना संक्रमणका कारण केही दिनअघि मृत्यु भएका एमाले बाँकेका नेता डम्बर बहादुर थापाको सम्झनामा रक्तदान सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बैजनाथ पालिका कमिटीको आयोजनामा रक्तदान कार्यक्रम भएको राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य खेमराज शर्माले जानकारी दिए । स्वास्थ्य मापदण्ड अपनाएर रक्तदान कार्यक्रम गरिएको उनले दाबी गरे ।
‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य’ भन्ने नारासहित रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान कार्यक्रम गरेको आयोजक अनेरास्ववियु बैजनाथ पालिका कमिटीले जनाएको छ ।
कोहलपुरमा रहेको भेरी सित भण्डारको परिसरमा शनिबार रक्तदान कार्यक्रम भएको थियो । रक्तदान गरेका युवाहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको युवा संघ नेपाल बाँकेका अध्यक्ष तिलकबिर सुनारले जानकारी दिए । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य देवराज भार, लुम्बिनी प्रदेश सांसद आरती पौडेल, बाँके जिल्ला अध्यक्ष सूर्य ढकाल लगायतका एमाले नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्