27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

एमाले बाँकेका नेता रावत लगायतका नेता काँग्रेस प्रवेश

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

कोहलपुर ।

नेकपा एमाले बाँकेका नेता यम बहादुर रावत नेपाली काँग्रेस प्रवेश गरेका छन् ।

एक कार्यक्रमका बीच कोहलपुर एमाले नेता रावत, नन्दराम चौधरी लगायत नेपाली काँग्रेसमा प्रवेश गरेका हुन् । उनीहरुलाई शनिबार कार्यक्रमका बीच नेपाली काँग्रेसको सदस्सीयता प्रदान समेत गरिएको थियो।

एमाले विभाजनको संघारमा आइपुग्दा एमाले छोडेर अरु पार्टीमा प्रवेश गर्नेहरुको संख्या समेत बढिरहेको छ ।

काँग्रेस प्रवेश गरेका रावत कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतका नजिकका नातेदार समेत हुन् । उनी स्थानीय निर्वाचनमा लुट बहादुरलाई जिताउनको लागि लागिपरेका थिए ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     8:12:32 PM  |