27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

३ हजार ५ सय ४० संक्रमित थपिँदा ८ हजार बढी निकाे, ६८ जनाको गयाे ज्यान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

काठमाण्डाै – गएको २४ घण्टामा नेपालमा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित अहिलेसम्म नेपालमा पाँच लाख ८५ हजार हजार एक सय जनालाई संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टीजेन विधिबाट परीक्षण भएको थियो । यस्तै यही अवधिमा ८ हजार २ सय ४३ जना निको भएका छन् । आज कोरोना निको हुने दर ८२ दशमलव ८ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख ८४ हजार ३ सय ७३ जना संक्रमणमुक्त भएका छन् । यस्तै, गएको २४ घण्टामा कोरोनाका कारण ६८ जना संक्रमितको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ । आज सक्रिय संक्रमितको संख्या ९२ हजार ९ सय २८ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।उज्यालो

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     6:14:33 PM  |