एमाले नेता थापाको सम्झनामा कोहलपुरमा रक्तदान



कोहलपुर ।

बाँकेको कोहलपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

केही दिनअघि कोरोना संक्रमणबाट ज्यान गुमाएका नेकपा एमाले बाँकेका नेता डम्बर बहादुर थापाको सम्झनामा शनिबार रक्तदानको आयोजना गरिएको थियो ।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु बैजनाथ पालिका कमिटीद्धारा आयोजित रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेको राष्ट्रिय युवा संघ नेपालका नेता खेमराज शर्माले जानकारी दिए ।

कोहलपुरको भेरी सित भण्डार परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा एमाले बाँकेका अध्यक्ष सुर्य ढकाल, प्रदेश सांसद आरती पौडेल, नेताहरु भिम ओली लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २२ गते शनिबार