27 May 2024  |   सोमवार, जेष्ठ १४, २०८१

बर्दियामा सशस्त्र प्रहरीद्धारा ६१ हजार बराबरको अवैध सामान बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

कोहलपुर ।

बर्दियाका विभिन्न स्थानबाट सशस्त्र प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न अवैध सामानहरु बरामद गरेको छ ।

भन्सार चोरी तस्करी गरि अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा ६१ हजार ५ सय २ रुपैयाँ बराबरको अवैध सामान नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।

सीमा क्षेत्रमा खटिएका विभिन्न सशस्त्रका युनिटहरुले उक्त परिमाणमा अवैध सामानहरु बरामद गरेका हुन् । बरामद गरिएका अवैध सामानहरुमा किराना सामान, धानको बिउ¸ सुर्तिजन्य पदार्थ, बिषादी, फोटोकपि पेपर, भेली र मल रहेका छन् ।

ती सामानहरुलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय गुलरिया बर्दियामा बुझाईएको सशस्त्र प्रहरी बल नेपाल ३१ नम्बर गण बर्दियाले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     2:15:16 PM  |