19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

भारतमा दुई महिनायताकै न्यून संक्रमण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

काठमाडौं ।

छिमेकी देश भारतमा कोरोना संक्रमण ओरोलो लाग्ने क्रममै छ ।

शनिबार पछिल्लो ५८ दिनकै न्यून संक्रमण पुष्टि भएको छ ।
२४ घन्टामा एक लाख २० हजार ५२९मा संक्रमण पुष्टि भएको छ । भारतमा विगत तीन सातादेखि संक्रमण घटिरहेको छ । यो अवधिमा एक लाख ९७ हजार निको भएका छन् ।

संक्रिय संक्रमितको संख्या पनि भारतमा आधा भन्दा धेरै घटेको छ । संक्रमण उच्च बिन्दुमा पुग्दा सक्रिय संक्रिमतको संख्या ३६ लाख पुगेकोमा हाल १५ लाख ५५ हजारमा झरेको छ ।

मृत्यु भने अझै धेरै छ । भारतमा २४ घन्टामा तीन हजार तीन सय ८० जनाको मृत्यु भएको छ ।

 

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     1:20:33 PM  |