कोहलपुर ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले ‘निषेधाज्ञा’ को मौका छोपेर यात्रुसँग नियमित भन्दा बढी भाडा असुल्ने ४ वटा अटोरिक्सालाई नियन्त्रणमा लिएको छ ।
अत्यावश्यक कामका लागि सडकमा निस्केका यात्रुबाट तीन गुणासम्म भाडा असुली गर्ने चारवटा अटो रिक्सालाई कोहलपुर प्रहरीले नियन्त्रणमा लिएर कारबाही गरेको हो ।
बढी भाडा असुल्ने अटोरिक्साहरुमा भे १ ह २०४५, भे १ ह ३३६४, भे १ ह ३८५२ र भे १ ह ९६९ नम्बरका रहेको कोहलपुर प्रहरीले जनाएको छ ।
कोहलपुर प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालका अनुसार ती अटोरिक्साले कोहलपुर चौराहादेखी चिसापानीसम्मको ३ सय, मदन चोकसम्मको १ सय र राँझा चोकसम्मको ५ सय रुपैयाँ असुल गरी सर्वसाधारणहरुलाई मारमा पारेका थिए ।
यस्तै शुक्रबार नै निषेधाज्ञाको अटेर गरी पसल संचालन गरेका कोहलपुरका सात जना व्यवसायी र अनावश्यक रुपमा सडकमा हिडडुल गरेका ३३ वटा अटोरिक्सालाई नियन्त्रणमा लिएर सम्झाईबुझाई छोडिएको थियो ।
प्रतिक्रिया दिनुहोस्