भोलीबाट ओपीडी सेवा सुरु गर्दै मेडिकल कलेज कोहलपुर



कोहलपुर ।

दोस्रो चरणको कोरोना संक्रमणका कारण बन्द रहेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पुनः ओपिडी सेवा सञ्चालनमा ल्याउने भएको छ ।

भोली आइतबारदेखि शिक्षण अस्पताल कोहलपुरले कोरोनाको दोस्रो लहरयता बन्द रहेको आफ्नो ओपिडी सेवा सञ्चालनमा ल्याउने भएको हो ।

शुक्रबार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा. भोजराज जोशीले एक सूचना जारी गरेर यस्तो जानकारी गराएका हुन् । उनका अनुसार अस्पतालले केही समय अघिबाट कोरोनाका बिरामीहरुको मात्र उपचार गर्नको लागि ओपिडी सेवा बन्द गरेर कोरोना डेडिकेडेट अस्पताल सञ्चालनमा ल्याएको थियो ।

पछिल्ला दिनहरुमा कोभिडका बिरामीहरुको चाप घट्दै गइरहेकोले अन्य रोगका बिरामीहरुको समेत उपचारको लागि भोलीदेखि अस्पतालले ओपिडी सञ्चालन गर्न गइरहेको हो

। यसअघि कोरोना बाहेकका अन्य रोग लागेका बिरामीहरु उपचारका लागि भेरी अस्पताल नेपालगञ्ज जानुपर्ने बाध्यता थियो । ‘आइतबारदेखि ओपीडी सेवा लगायतका कोभिड÷नन कोभिड सम्पूर्ण सेवा सञ्चालन हुन्छ’ अस्पतालका निर्देशक जोशीले भने । न

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २२ गते शनिबार