12 May 2024  |   आइतवार, बैशाख ३०, २०८१

सिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थप

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८  

सिन्धुपाल्चोक, जेठ (रासस)  सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि निर्देशन दिएको छ । जिल्लाका १२ वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो ।

यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको र समुदायस्तरमा फैलिनबाट जोगाउनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिनुभयो ।

सो आदेशको पालना गर्न सम्पूर्ण व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको महत्वपूर्ण भूमिका हुने भन्दै आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट जारी आदेशमा भनिएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ २२, २०७८     8:15:01 AM  |