21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

नेपाल स्काउट कोहलपुरको बैठक : सामाजिक र शैक्षिक क्षेत्रमा काम गर्ने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

कोहलपुर :  नेपाल स्काउट कोहलपुर नगर कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । नगर संयोजक हेम कुमार रावतको अध्यक्षयतामा बैठक सम्पन्न भएको हो । उक्त बैठकले विभिन्न निर्णय समेत गरेको छ ।

उक्त बैठकले कोहलपुर नगरपालिकाका प्रमुख उप प्रमुख, शिक्षा शाखा प्रमुख अन्य जनप्रतिनिधि तथा कर्मचारीसँग परिचायात्मक कार्यक्रम गर्ने निर्णय गरेको छ । यस्तै आगामी दिन स्काउटको अगुवाईमा सामाजिक तथा शैक्षिक कार्यक्रम गर्ने निर्णय गरिएको संयोजक रावतले जानकारी दिए ।

यस्तै कोरोना महामारीको संक्रमण कम भएर सहज वातावरण सिर्जना भएपछि विद्यालयहरुमा समिति गठन गरिने उनको भनाइ थियो ।

यस्तै रावतको संयोजकत्वमा १५ सदस्यीय समिति समेत गठन गरिएको छ । सदस्यहरुमा नवकिरण शाह, हेमन्त भट्राई, बलिराज थापा, धनबहादुर परियार, कमल केसी र सिमा चौधरी ए रहेका छन् ।

अन्य सदस्यहरुमा नारायण भण्डारी,प्रकाश थापा, आरती चौधरी, तिला ओली,प्रतिभा चौधरी, सिमा चौधरी बि र कृष्ण रावत रहेका छन् । संयोजक रावतका अनुसार नेपाल स्काउटले कोहलपुर क्षेत्रमा सामाजिक क्षेत्रमा उत्कृष्ट कार्य गर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     6:16:24 PM  |