स्वास्थ्य अवस्थाबारे एमाले बाँकेको छलफल



नेपालगञ्ज ।

नेपाल कम्युनिस्ट पार्टी एमाले बाँकेले जिल्लाको पछिल्लो स्वास्थ्य अवस्थाबारे छलफल गरेको छ । नेपालगञ्जस्थित पार्टी कार्यालयमा केपी शर्मा ओली पक्षिय एमाले बाँकेले समग्र स्वास्थ्यको अवस्थाबारे स्थानीय तहगत समिक्षा गरेको हो ।

स्थानीय तहगत जिम्मेवारीमा रहेका सदस्यहरुसँग त्यहाँको पछिल्लो स्वास्थ्य अवस्थाबारे छलफल गरिएको एमाले बाँकेका अध्यक्ष सुर्य ढकालले जानकारी दिए ।

कार्यक्रममा नेकपा एमाले ओली पक्षिय केन्द्रीय सदस्य सुजता शाक्या, पुर्व मन्त्री आरती पौडेल, एमाले जिल्ला अध्यक्ष ढकाल, भेरी अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धिताल, सुकुमबासी आयोग बाँकेकी अध्यक्ष शान्ति ढकाल लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २१ गते शुक्रबार