5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

गाउँपालिका अध्यक्षको छोराले चलाए गाउँपालिकाको गाडी दुर्घटना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

शिवु खनाल, दाङ, २१ जेठ

बंगलाचुली गाउँपालिकाको गाडी दुर्घटनामा परेको छ । दाङको घोराही मुर्कुटी सडक अन्तरगत पर्ने मदनभण्डारी लोकमार्गमा गाउँपालिकाको लु १ झ ६१६ नम्बरका महेन्द्रा पिक अप जिप दुर्घटना भएको हो ।

गाउँपालिकाबाट घोराही तर्फ आउने क्रममा घोराही उपमहानगरपालिका ४ पालुथानमा उक्त गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गाडीमा सवार ४ जना भने सकुशल रहेका छन् ।

सडक देखी ५ मिटर तल खसेको गाडीलाई रुखमा अड्कीएको छ । गाडी तिब्रगतिमा रहेका कारण अनियन्त्रीत भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।गाडी गाउँपालिकाका अध्यक्षको छोराले चलाएको पाईएको छ । उनि सँग सवारी चालक अनुमति पत्र समेत नभएको प्रहरीको भनाई छ ।।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     3:32:23 PM  |