विश्वकप छनोट: इन्डियामाथि लगातार दबाब बनाउँदै कतारको जित



काठमाडौं ।

फिफा विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा इन्डिया पराजित भएको छ।

कतारको दोहास्थित जसिम बिन हमद रंगशालामा सम्पन्न फुटबल खेलमा कतारले लगातार दबाब बनाउँदै १–० गोलको जित निकालेको हो।

खेलको ३३ औं मिनेटमै कतारका ए. हाटेमले गोल गरेपछि घरेलु टिमले अग्रता बनाएको थियो। यससँगै दोस्रो हाफमा कुनै गोल नभएपछि एक गोलको अग्रताका साथ कतारले खेल जित्यो।

यता खेलको १७ औं मिनेटमै इन्डियाका राहुल भेखेले रातो कार्ड पाएपछि ऊ १० खेलाडीमा समेटिएको थियो। त्यसको फाइदा उठाउँदै ७५ प्रतिशत समय बलमा पकड बनाएको कतारले ३८ प्रहार गरेको थियो भने १० प्रहार पोस्टमै अट्याम्प्ट गरेको थियो।

इन्डियाले भने खेल अवधिभर २५ प्रतिशत समय मात्र बलमा नियन्त्रण राख्यो र एक मात्र प्रहार गर्न सक्यो।

विश्वकप छनोटमा यी टिमले निकाले जित

बंगलादेश १-१ अफगानिस्तान

इरान ३-१ हङकङ

नेपाल २-० चाइनिज ताइपेई

बहराइन ८-० कम्बाेडिया

युनाइटेड अरब इमिरेट्स ४-० मलेसिया

थाइल्यान्ड २-२ इन्डोनेसिया

कतार १-० इन्डिया

प्यालेस्टिन ४-० सिंगापुर

अष्ट्रेलिया ३-० कुवेत

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २१ गते शुक्रबार