देशभर थपिए ६९२५ संक्रमित



कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टामा बिहीबार थप ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १८ हजार ५३१ पीसीआर परीक्षणमा ५ हजार ८ सय २५ र ३ हजार २११ एन्टिजेन परीक्षणमा एक हजार गरी ६ हजार ८ सय २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ७६ हजार ९३६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये १ लाख १ हजार ८३९ जना सक्रिय संक्रमित छन् ।

कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६७ हजार ४६७ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७५ जनाको मृत्यु भएको छ भने ५ हजार ९ सय ४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार ६३० पुगेको छ । यस्तै १० वर्ष मुनिका १८० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ४८२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै काठमाडौंमा १,६३०, नवलपरासी पश्चिममा ७७१, ललितपुरमा २९८, कास्कीमा २६६, सुनसरीमा २१० र काभ्रेपलाञ्चोकमा २०५ जना कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै चितवनमा १७७, मोरङमा १६६, सिन्धुपाल्चोकमा १४८, रूपन्देहीमा १३८, झापा, धनुष र धादिङमा १०१-१०१ जना र लमजुङमा ११० जनामा कोरोना संक्रमण देखिएको हो । तनहुँमा ८२, बारामा ७९, नुवाकोटमा ७३, पाँचथरमा ७१, दाङ र खुर्खेतमा ६५-६५ जना, स्याङजामा ६०, सिरहामा ५९, गुल्मीमा ५३, कैलालीमा ५२, सिन्धुली र अछाममा ४६-४६ जना, रामेछापमा ४२, महोत्तरीमा ४१ र सप्तरीमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै गोरखामा ३७ जना, नवलपरासी पश्चिममा ३२,डोटीमा २८, जाजरकोटमा २६, दोलखामा २४, रूकुम पश्चिममा २२, बाँके र कञ्चनपुरमा १८-१८ जना, खोटाङ र बैतडीमा १७-१७ जना, म्याग्दी र कपिलवस्तुमा १६-१६ जना, दैलेखमा १५, मकवानपुर, पर्वत र सल्यानमा १३÷१३ जना, पर्सामा ११ तथा इलाम र बर्दियामा १०-१० जना कोरोना संक्रमित थपिएका थिए ।

पाल्पामा ९, उदयपुर र अर्घाखाँचीमा ८-८ जना, ओखलढुंगा र संखुवासभामा ७-७ जना, डडैलधुरामा ६, रोल्पा र जुम्लामा ५-५ जना, तेह्रथुम, धनकुटा र सर्लाहीमा ४-४ जना, प्युठानमा ३, सोलुखुम्बुमा २ तथा ताप्लेजुङ, भोजपुर, बागलुङ, कालिकोट, डोल्पा, हुम्ला, दार्चुला र बझाङमा १-१ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ २१ गते शुक्रबार