26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

बाँकेमा कोरोना कहर, ६८ थपिए, ४० डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

कोहलपुर ।

बाँकेमा पछिल्लो २४ घण्टामा बिहीबार थप ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा रहेका तीन प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८ जनामा कोरोना संक्रमण देखिएको हो । ३० महिला र ३८ पुरुषमा कोरोना पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

भेरी अस्पतालको ल्याबमा गरिएको परीक्षणमा २५ महिला र ३१ पुरुष गरेर ५६, मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा १ महिला र २ पुरुष गरेर ३ तथा बागेश्वरीका ल्याबमा गरिएको परीक्षणमा ४ महिला र ५ पुरुष गरेर ९ जनामा संक्रमण पुष्टि भएको थियो । योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार १ सय ६४ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । तीमध्ये ७ हजार ३ सय २ महिला र ९ हजार ८ सय ६२ पुरुष रहेका छन् । जिल्लामा ६८ नयाँ संक्रमित थपिदाँ पछिल्लो २४ घण्टामा ४० जना मात्र कोरोना जितेर डिस्चार्ज भएका थिए ।

२४ महिला र १६ पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । अहिलेसम्म बाँकेमा ६ हजार ९ सय १५ महिला र ९ हजार ३ सय ४० पुरुष गरेर १६ हजार २ सय ५५ जनाले कोरोना जितेका छन् । बिहीबार बाँकेका अस्पतालमा बाहिरी जिल्लाका संक्रमितको उपचारका क्रममा थप ७ जनाको मृत्यु भएको थियो । ३ महिला र ४ पुरुष गरेर ७ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

यो अवधिमा बाँके जिल्लाका संक्रमितको मृत्यु भएन । अहिले बाँकेमा जिल्लाभित्रका २ सय ९६ र बाहिरी जिल्लाका ३ सय २ गरेर कुल ५ सय ९८ जनाको मृत्यु भइसकेको छ । बिहीबारसम्म बाँकेमा ६ सय १३ सक्रिय संक्रमित रहेका थिए । तीमध्ये २ सय ६३ महिला ३ सय ५० पुरुष रहेका छन् । १ सय ९८ महिला र २ सय ३१ पुरुष गरेर ४ सय २९ होम आइसोलेसनमा रहेको फोकल पर्सन ओलीले बताए । बाहिरी जिल्लाका सहित अस्पताल र आइसोलेसन सेन्टरमा २ सय ७३ जनाको उपचार भइरहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     7:57:48 AM  |