8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

साढे दुई लाख सहयोग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८  

बर्दिया ।

बर्दियाको ठाकुरद्वारमा निर्माण गर्न लागिएको कोभिड उपचार केन्द्रमा आवश्यक सामग्री खरिदका लागि सहयोग रकम उपलब्ध गराएको
छ । अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको साढे २ लाख रकम उपचार केन्द्रलाई उपलब्ध गराइएको हो ।

अष्ट्रेलियामा रहेका संरक्षणकर्मीहरुबाट संकलन गरिएको २ लाख ५५ हजार ४५ रुपैयाँको चेक कोभिड प्राथामिक उपचार केन्द्रका संयोजक मोहनलाल चौधरीलाई प्रदान गरिएको उज्यालो नेपालका सचिव गणेशबहादुर थापाले जानकारी दिए । उज्यालो नेपालका अध्यक्ष नवराज न्यौपानेले कोभिड उपचार केन्द्र निर्माणका लागि संकलन गरिएको रकम संयोजक मोहनलाल चौधरी लाई हस्तान्तरण गरेको उनले बताए ।

संरक्षणपे्रमीहरुले संकलन गरि पठाएको रकमले आइसोलेसनका लागि आवश्यक सामाग्री खरिदमा सहयोग पुग्ने अपेक्षा गरिएको समेत जनाइएको छ । कोरोना संक्रमितको सहज उपचारका लागि बर्दियाको ठाकुरबाबा नगरपालिका ९ ठाकुरद्वारामा अक्सिजन र स्वास्थ्यकर्मी सहितको आइसोलेसन निर्माण गरिएको हो ।

वडा नम्बर ९ को पहलमा ठाकुरबाबा नगरपालिकाबाट अनुमति लिई ठाकुरद्वारामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आइसोलेसन तयार गरियो । पालिकामा एउटा मात्रै अस्थायी कोभिड अस्पताल थियो । जहाँ पालिकाका ९ वटै वडाका संक्रमितहरुको उपचार गर्नुपर्दा समस्या हुन्थ्यो । अब अर्को कोभिड अस्पताल पनि सञ्चालनमा आएपछि उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ २१, २०७८     7:56:40 AM  |