8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

तुषार कपुरले भने, ‘गर्दिनँ विवाह, कसैसँग आफूलाई बाँड्न सक्दिनँ’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

एजेन्सी ।

तुषार कपुर एक छोराका पिता हुन् । उनी आफ्ना छोरासँग समय व्यतित गरिरहेका छन् । तुषारले अहिलेसम्म विवाह गरेका छैनन् र पछि पनि उनको विवाह गर्ने कुनै योजना नै छैन । तुषारले आफूलाई कसैसँग बाँड्न नचाहेको बताए ।

एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा तुषारलाई ‘विवाहको योजनामा हुनुहुन्छ ’ भनेर प्रश्न सोधिएको थियो ।

यसको जवाफमा उनले भने, ‘छैन, किनभने यदि मेरो यस्तो कुनै योजना भएको भए म सिंगल पेरेन्ट बन्ने थिइनँ ।

म हरेक दिन आफ्नो छोरासँग केही न केही गरिरहेको हुन्छु । योबाहेक अर्को विकल्प पनि छान्न सक्दिनँ । म कसैलाई अरुसँग बाँड्न सक्दिनँ । अहिले पनि र पछि पनि । यदि अन्त्य सही भयो भने सबै कुरा सही छ ।’

यस्तै तुषारले एकपटक हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा प्रकाश झाले उनलाई सरोगेसीमार्फत् पिता बन्न सुझाव दिएको बताएका थिए ।

तुषारले भनेका थिए, ‘एउटी आमाले डाइपर परिवर्तन गर्छिन्, बच्चालाई खाना खुवाउँछिन् । मानिसहरुलाई लाग्छ कि अभिभावकत्वको अर्थ यति मात्रै हो । वास्वतमा अभिभावकत्वको अर्थ निकै गहिरो छ । यसको सुरुवात नै प्रेम हो जुन कुनै शर्तको हुन्छ । उनीहरुलाई हुर्काउनु र उनीहरुलाई समर्थन गर्नु ।’

बताए आफ्नो अनुभवः

तुषारले थपे, ‘एउटा पिताको आफ्नो भावना व्यक्त गर्ने तरिका भिन्न हुन्छ । उनीहरु आफ्नो भिन्न पेरेन्टिङ स्टाइलका कारण कम प्रोटेक्टिभ हुन सक्लान् । दृष्टिकोण फरक हुन सक्ला तर भावना र प्रेम एउटी आमाको जस्तै हुन्छ ।’

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     2:13:16 PM  |