कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका– १२ का ठाकुरप्रसाद ओली छोराको हत्यापछि ईलाका प्रहरी कार्यालयमा जाँदै गर्दा बाटोमा नै पक्राउ परेको खुलेको छ ।
ठाकुरले गत जेठ १२ गते राती ९ बजेतीर घरमा नै नुहाउँदै गरेका १९ वर्षीय कान्छा छोरा पोषणको विभत्स हत्या गरेका थिए ।
रिसको झोकमा छोरालाई काटेको भन्दै अब ईलाका प्रहरीमा जाने भन्दै ठाकुर घटनालगत्तै घ
रबाट निस्किएको परिवारका एक सदस्यले जानकारी दिए ।
‘रिसको झोकमा छोरालाई काटिसके भन्दै उहाँ प्रहरी कार्यालय जाने भन्दै घरबाट जानुभएको थियो’ ती सदस्यले भने, ‘प्रहरीमा जाँदै गर्दा अगाडि चोकबाट बिटबाट आएको प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको हो ।’
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन्द्र खनालले ठाकुरले नुहाउँदै गरेका छोराको घाँटीमा खुर्पा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए ।
उनले नुहाउँदै गरेका छोरालाई पछाडीबाट घाँटीमा खुर्पा प्रहार गरेका थिए ।
पोषणलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएपछि चिकित्सकहरुले मृत घोषणा गरेको थियो । ठाकुरलाई अहिले हिरासतमा लिएर थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्