8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

‘कमरेडहरुको कार्य राम्रो, दृष्टिकोण गैरजिम्मेवार भयो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

सत्ताधारी नेकपा एमाले अहिले फुटको अन्तिम डिलमा छ । तत्कालीन नेकपालाई बदर गरेर अदालतले एमाले,माओबादी ब्यताईदिएपछि एमालेमा विवाद चलिदै गएको हो । प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले श्रृंखलाबद्ध कारबाहीको अस्त्र प्रयोग गरिरहेका छन् । एमालेको पार्टी संगठन विस्तारका लागि ठूलो योगदान दिदैँ २७ वर्षसम्म पार्टीको नेतृत्व गरेका पूर्वप्रधानमन्त्री समेत रहेका खनाल र नेपाल सहित ११ जना नेतालाई ओलीले पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेका छन् । पार्टी विवादमा नेपाल पक्षमा उभिएका अन्य १२ नेताहरुलाई कारबाहीको तयारीमा छन्, ओली । पछिल्लो केहीदिन यता एमालेका संस्थापन र इतर पक्षका दोस्रो तहका नेताहरु निरन्तर छलफल गरिरहेका छन् । यद्यपी छलफल निष्कर्षमा पुगिरहेको छैन । नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गते भन्दा अघि फर्किनुपर्ने प्रमुख एजेण्डा बनाएका छन् । यसमा ओली फर्किन तयार छैनन् । पछिल्लो समय भने ओली यसमा सकारात्मक देखिएको स्रोत बताउँछ । अहिलेको अवस्थामा एमाले अब एक भएर जानेमा शंकै छ । कोरोना महामारीको बेलामा सत्ताधारी दलको विवादले कोरोना महामारीलाई छायामा पार्ने अवस्था छ । केन्द्रदेखि स्थानीय स्तरमा समातान्तर समिति सक्रिय छन् । बाँके लगायतका जिल्लामा त फरक फरक गतिविधि भइरहेका छन् । महामारीमा एमालेको भूमिका, स्थानीय सरकारसँगको सहकार्य र पार्टी विवादका लगायतका विषयमा नेकपा एमाले बाँकेका अध्यक्ष सूर्य ढकालसँग मिसन टुडे दैनिकका लागि शुभाकर विश्वकर्माले गरेको कुराकानीको सम्पादित अंश :

१. कोरोना महामारीको समयमा बाँकेमा पार्टी कसरी परिचाति भइरहेको छ ?

हामीले विगत केही महिनायता कोरोना महामारीको सामना गरिरहेका छौँ । हामीले पदम बहादुर धितालको संयोजकत्वमा जिल्ला पार्टी कार्यलयमा हेल्प डेस्क निर्माण गरिएको छ । उक्त डेस्कले बिरामीहरुलाई अस्पताल पु¥याउने, अक्सिजन चाहिनेहरुलाई अक्सिजन उपलब्ध गराउने, निषेधाज्ञाका कारणले समस्यामा परेका अति विपन्न परिवारहरुलाई राहत संकलन गरेर वितरण गर्ने काम भइरहेको छ । यस्तै रविन्द्र लम्साल संयोजक रहेको एउटा समिति छ । जसले भेरी अस्पताल र मेडिकल कलेजमा अक्सिजनको अभाव हुन नदिन र व्यवस्थापनको लागि ९ सदस्यीय समिति रहेको छ । कोरोना संक्रमितहरुको काउन्सिलिङ गर्ने काम पनि गरिरहेका छौँ । यस्तै स्वास्थ्यकर्मी सहित आइसोलेसनमा बसेकाहरुसँग भेटघाट गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिने र औषधि वितरणको काम भइरहेको छ । यस्तै स्वास्थ्यकर्मी, पुलिस तथा सुरक्षाकर्मीहरुलाई मास्क, सेनिटाइजर लगायतका सामग्री वितरण गरिरहेका छौँ । यसको रोकथाम र नियन्त्रणको लागि सिंगो पार्टी पंति लागेको छ ।

२. कोरोना रोकथाम र नियन्त्रणका लागि स्थानीय सरकारसँग कत्तिको समन्वय र सहकार्य भइरहेको छ ?

हामीले जिल्लाका आठ वटै स्थानीय तहमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि समिति निर्माण गरेका छौँ । प्रत्येक पालिकामा हेल्प डेस्क स्थापना गरिरहेका छौँ । सब काम स्थानीय सरकारसँग सहकार्य र समन्वयमा भइरहेका छन् । प्रत्येक पालिकामास्वयमसेवक समेत रहेका छ्, पार्टीका । उनीहरुकै नेतृत्वमा हुन्छ सबै काम । नरैनापुरमा सोनालाल यादव, राप्तीसोनारीमा तुल्सीराम थारु, मनोज केसी, कोहलपुरमा बलराम भट्राई, खिल प्रसाद भूसाल, खेमराज शर्मा, निर्मला सुनार लगायत रहेका छन् । बैजनाथमा इन्द्रबहादुर ओली, निर्मला मल्ल, खजुरामा भिम ओली, तिलविर सुनार, नेपालगन्जमा दत्त आचार्य विक्रम श्रीवास्तव, अमलेश यादव, दीपक बर्मा, जानकीमा पदम धिताल, सुरेश यादव र डुडुवामा शकिल र लगायत रहेका छन् । हजारौँ संख्यामा स्वयमसेवक परिचालित रहेका छन् । यो युनिट कोरोना महामारीको त्रास सकिन्जेल रहन्छ ।

३. बाँकेमा एमालेका दुई वटा कमिटी सक्रिय छन्, ओली पक्षको तपाईले नेतृत्व गर्नु भएको छ, पहिला कै अध्यक्ष अशोक कोइराला छन्, को हो आधिकारिक ?

कुन कमिटी आधिकारिक हो भन्ने कुरा सबै सर्व वितितै छ । हाम्रो पार्टीमा एउटा सञ्चालन विधि छ । त्यो विधिलाई हामीले गम्भीरताका साथ लागू समेत गर्दै आइरहेका छौँ । जुन पार्टी सञ्चालन विधि हो । त्यो विधिले के भन्छ भने तल्ला कमिटीहरुलाई केन्द्रीय कमिटीले आवश्यक परेको खण्डमा परिवर्तन गर्न सक्छ । हाम्रो पार्टी अध्यक्ष ओलीलाई तत्कालीन अवस्थामा नेकपा जिवित रहेको बेलामा प्रचण्ड र माधव नेपालहरु मिलेर पार्टी अध्यक्ष, केन्द्रीय सदस्य, संसदीय दलको नेता र संगठित सदस्यबाट कारबाही गर्नुभयो । सर्वोच्चले फागुन २३ गते नेकपालाई बदर गर्ने फैसला ग¥यो । स्वतः एमाले र माओबादी व्युतिए । फैसलापछि नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक फागुन २८ गते बस्यो । त्यो बैठकले ७५ जिल्लामा जिल्ला कमिटी पुनःगठन ग¥यो । प्रदेश र जनवर्गीय संगठन पनि सबै पदाधिकारी फेरिए । त्यतिबेला बाँकेमा पनि नेतृत्व परिवर्तन भयो । मलाई अध्यक्षमा उक्त कमिटीले बैधानिक रुपमा चयन गरेको हो । यो महाधिबेसन आयोजक समिति हो । त्यसकारण अहिले माधव नेपालहरुले के भन्नु भएको छ भने २८ गतेको निर्णय परिवर्तन गर । उहाँहरुले पहिले कै कमिटीलाई मान्यता दिनुपर्छ भनिरहनु भएको छ । उहाँहरुको माग यहीँ हो । यसको विषयमा निरन्तर छलफल भइसकेको छ । हामीले केन्द्रीय कमिटीको बैठकले निर्णयलाई बैधानिकता दिइसकेकोले अहिलेको बाँकेको एमालेका अध्यक्ष मै हो । माथिको अन्र्तरविरोध त जिल्लासम्म पनि पुगेको छ । केही साथीहरुले हामीले आधिकारिक एमाले हौँ भनिरहेका छन् । समानान्तर समिति समेत परिचालित भइरहेका छन् । अलि कम पनि हुँदै आइरहेको छ । हामीले उहाँहरुलाई स्पष्टिकरण समेत सोधिसकेका छौँ । चित्तबुझ्दो स्पष्टिकरण आएन भने पार्टीको विधान अनुसार कारबाही हुन्छ ।

४. अहिले माधव नेपालको पक्षमा देखिएका एमाले नेता कार्यकर्ताहरुले शुरु गरेको खाना खुवाउनेदेखि रक्तदानसम्मका कार्यक्रम भइरहेका छन्, यसको बैधानिकतामा तपाईकोहरुको प्रश्न किन ? उहाँहरु
एमाले होइन र ?

उहाँहरुले नेकपा एमालेको चुनाव चिन्ह प्रयोग गरिहनु भएको छ । नेकपा एमालेको नाम लिएर भान्सा चलाइरहेको कुरा हाम्रो जानकारीमा छ । हामीले यसलाई कसरी मुल्यांकन गरेका छौँ भने, कार्य राम्रो, दृष्टिकोष गैरजिम्मेवार छ ।
उहाँहरुले जुन काम गरिहनु भएको छ । त्यो सांगठनिक अराजकता हो । त्यस्ता अराजक गतिविधि गर्नेलाई पार्टीले उचित समयमा उचित ढंगले चाहीँ कारबाही गर्छ । यो प्रक्रिया सुरु भएको छ । भान्साको हिसाब किताबको खर्च व्यवहोरा पार्टीलाई बुझाउन आग्रह गरिएको छ । अब उहाँहरुको रेस्पोन्स कस्तो आउछ । सोही अनुसार नै हामीले प्रक्रिया अघि बढाउछौँ । जहाँसम्म उहाँहरुले आफूहरु आधिकारिक भएको भन्ने दाबी गरिरहनु भएको छ । यसमा सम्पूर्णलाई म भन्न चाहन्छु । अहिले एमालेको केन्द्रीय अध्यक्ष ओली हो, नेपाल होइन । चूनाव चिन्ह पनि ओलीको पक्षमा छ । पार्टी कार्यालय ओलीको मातहतमा छ । निर्वाचन कार्यालयमा ओलीको हस्ताक्षर चल्छ । पछिल्लो समय बागमती र लुम्बिनी प्रदेशमा निर्वाचन भए । त्यहाँ सूर्य चिन्हबाट निर्वाचन लडेका उम्मेदवार आधिकारिक भए, कलम लिएका होइनन् । यसमा प्रश्न गर्नुपर्ने ठाउँ नै देख्दिन म त ।

अनि प्रचण्ड र देउवाले पठाएको कमिटी कसरी एमालेको हुन्छ । त्यसैले उहाँहरुले हामी आधिकारिक होऔँ भन्नुको कुनै तुक छैन । उहाँले भ्रम छर्ने काम गरिरहनु भएको छ । त्यो कर्कलाको पार्नी जस्तै हो । तपाईले भन्नु भएजस्तै एउटौ अधिबेसनमा चयन भएका अध्यक्ष ओली काम हुने अशोक कोइराला अध्यक्ष किन नहुने प्रश्न जायज छ । यो मैले माथि भने अनुसार नै हो । फागुन २८ गतेको निर्णयको बेला उहाँहरु माधव पक्षलाई समर्थन नगरेका कारण अध्यक्ष होइन । उपल्लो कमिटिले तल्लो कमिटीलाई पुनःगठन गरेको हो । जिल्लामा मा सबै कमिटी गठन भइसकेका छन् । मेरो नेतृत्वमा रहेको कमिटी आधिकारिक र बैधानिक हो । पार्टीमा अन्तरविरोध छ । सहमतिको प्रयास भइरहेको छ ।

५. पार्टीको विवाद मिलेर केन्द्रीय कमिटीलाई अशोक कोइरालालाई अध्यक्ष बनाइदियो भने तपाईले स्वीकार गर्नु हुन्छ की हुँदैन ?

कुनै बेला केन्द्रीय कमिटिले निर्णय गरेछ भने, बाँकेमा अशोक कोइराला र वा अन्य कुनै पनि व्यक्तिलाई अध्यक्ष तोक्यो भने एउटा कार्यकर्ताका हिसाबले मैले त्यसलाई स्वीकार गर्छु । त्यो मेरो जिम्मेवारी हुनेछ । किन भने हामी पार्टीको विधान र विधि स्वीकार गर्ने कार्यकर्ता हौँ । केन्द्रीय कमिटीको जे पनि निर्णय मान्न म तयार छु । पार्टीले बाँकेको अध्यक्ष फलानो भन्यो भने त मैले मान्नैपर्छ नी । म मेरो चाहना र जनमतका कारण जिल्लाको अध्यक्ष भएको होइन । मलाई केन्द्रीय कमिटीले अहिलेको बाँकेको कम्युनिष्ट आन्दोलन र एमालेलाई मिलाएर लैजान्छ भनेर पार्टीले विश्वास गरेर जिम्मेवारी सुम्पिएको हो । जुन पनि अहिले निभाइरहेको छु । भोली पार्टीले अर्को मान्छेलाई जिम्मेवारी दियो भने, निर्माण नमान्नेमा कुनै दुविधा छैन ।

६. अन्त्यमा, नेकपा एमाले जुट्ला की फुट्ला ?

अब यो एकता कै दिशातिर उन्मुख हुन्छ । किनभने अहिले माधव नेपालले जे भनिरहेको छ । त्यो उहाँको व्यक्तिगत कुण्ठा हो । उहाँहरुसँग कुनै पनि मुद्धा छैन । उहाँहरुले कुनै पनि मुद्धा नबोक्नु भएकोले आत्मआचोलना सहित एमालेमा समाहित हुनु बाहेकको विकल्प छैन । मेरो मान्छेलाई नियुक्ति दिएन भने पार्टी फुटाउनेको हालत के होला भोली । मुद्धा, नारा र दृष्टिकोण बिना पार्टी फुलाउनेहरुलाई इतिहासले माफी दिदैन । मलाई भने एमाले एकजुट हुनुपर्छ भन्ने लाग्छ । सम्बबत पार्टी नफुट्ला । बरु नयाँ शिराबाटबाट जुट्ला ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     8:02:47 AM  |