16 May 2024  |   बिहिबार, जेष्ठ ३, २०८१

थपिने संख्या एक अंकमा झ¥यो, बाँकेमा २४ घण्टामा थप ७ मा संक्रमण, १०९ डिस्चार्ज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८  

नेपालगञ्ज ।

बाँके जिल्लामा पछिल्लो २४ घण्टामा बुधबार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक महिला र ६ पुरुष गरेर थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । जिल्लामा नयाँ संक्रमित थपिने संख्या २ महिनायताकै सबैभन्दा कम हो ।

जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले बुधबार नयाँ थपिने संक्रमितको संख्या २ महिनायताकै कम रहेको जानकारी दिए । ‘बाँकेमा पछिल्लो समय कोरोना जितेर घर फर्किनेहरुको संख्या बढिरहेको छ’ उनले भने, ‘डिस्चार्ज हुनेहरुको संख्यामा नयाँ थपिने संक्रमितको संख्या एकदमै कम रहेको छ । बुधबार त धेरै समयपछि कम संख्या हो ।’ बुधबार मेडिकल कलेज कोहलपुरको ल्याबमा गरिएको परीक्षणमा ५ पुरुष तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा १ महिला र १ पुरुष गरेर २ जनामा संक्रमण देखिएको थियो ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या १७ हजार ९६ पुगेको छ । तीमध्ये ७ हजार २ सय ७२ महिला र ९ हजार ८ सय २४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा जिल्लामा ७ नयाँ संक्रमित थपिदाँ १ सय ९ जना कोरोना जितेर डिस्चार्ज भएका थिए । ४९ महिला र ६० पुरुष डिस्चार्ज भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले जानकारी दिए ।

उनका अनुसार योसँगै कोरोना जित्नेहरुको संख्या १६ हजार २ सय १५ पुगेको छ । तीमध्ये ६ हजार ८ सय ९१ महिला र ९ हजार ३ सय २४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा उपचारका क्रममा थप ४ जनाको मृत्यु भएको थियो । बाँके भित्रका १ र बाहिरी जिल्लाका ३ गरेर ४ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

योसँगै बाँकेमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय ९१ पुगेको छ । तीमध्ये बाँके जिल्लाभित्रका २ सय ९६ र बाहिरी जिल्लाका २ सय ९५ रहेका छन् । बुधबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ५ सय ८५ रहेको थियो । तीमध्ये २ सय ५७ महिला र ३ सय २८ पुरुष रहेका छन् । २ सय ५९ महिला र २ सय ९२ पुरुष गरेर ५ सय ५१ होम आइसोलेसनमा रहेका थिए । जिल्ला भित्र र बाहिरी जिल्लाका गरेर २ सय ९५ अस्पताल तथा आइसोलेसन सेन्टरमा रहेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेको तथ्यांकमा उल्लेख रहेको छ ।

प्रकाशित मितिः बिहिबार, जेष्ठ २०, २०७८     7:35:13 AM  |