20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

काठमाडौं ।

पूर्वी नवलपरासीको देवचुली नगरपालिका २ मा अवस्थित चौधरी उद्योग ग्राममा आगलागी भएको छ । उद्योगको बियर प्लान्ट र गोदाममा आगलागी भएको हो ।

उद्योग प्रशासन प्रमुख दामोदर पौडेलले बुधबार बिहान ८ः२० बजेबाट आगो लाग्न सुरु गरेको र अहिले नियन्त्रण बाहिर रहेको बताए । उनले भने, ‘दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको
छ । उनले आगलागीको कारण अहिले थाहा नभएको पनि बताए ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     10:33:45 AM  |