19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

दरबार हत्याकाण्डको आज २० वर्ष पूरा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

नेपालगञ्ज :

तत्कालीन राजा वीरेन्द्र शाहको वंश नै नाश हुने गरी भएको दरबार हत्याकाण्डको २० वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरबारभित्रै भएको हत्याकाण्डको २० वर्षसम्म पनि सत्यतथ्य घटना सार्वजनिक हुन सकेको छैन ।

नारायणहिटी राजदरबारमा भएको राजकीय भोजपश्चात् तत्कालीन युवराज दीपेन्द्रले परिवारमाथि गोली चलाएको र हत्या भएको उच्चस्तरीय छानबिन समितिको रिपोर्टले देखाएको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले उक्त छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए ।

कतिले राजा वीरेन्द्रलाई नै दरवार हत्याकाण्डको दोषी पनि माने । तर यसको रहस्य २० वर्ष वितिसक्दा पनि रहस्य नै छ ।

दरबारभित्र भएको गोलीकाण्डमा तत्कालीन राजा वीरेन्द्र शाहसहित रानी कोमल राज्यलक्ष्मी देवी शाह, पाँच दिनपछि राजा दीपेन्द्र, छोरी श्रृती र छोरा निराजनले ज्यान गुमाएका थिए । राजपरिवारका सबै सदस्यको एकै ठाउँमा हत्या भएको थियो ।

इतिहासकै ठूलो घटनाको रुपमा हेरिएको राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै टिक्न सकेन । वीरेन्द्रको अवसानपछि नेपालमा ४ वर्ष राजा ज्ञानेन्द्र शाहले राजतन्त्र सम्हाले ।

त्यसपश्चात् भएको जनआन्दोलनपछि नेपालमा राजतन्त्र समाप्त भएको थियो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     10:05:00 AM  |