भेरी अस्पताल परिसरमा जारी स्वास्थ्यकर्मीको आन्दोलनलाई भेरी अस्पताल विकास समितीका अध्यक्ष प्रमोद धितालले आन्दोलन अति भएको भन्दै खति हुने चेतावनी दिएका छन् ।
मंगलबार राती सामाजिक सञ्जाल फेसबुकबाट उनले स्वास्थ्यकर्मीको आन्दोलनलाई नाटकको संज्ञा दिदै अति गरे खति गराईदिने धम्की दिएका हुन् ।
अध्यक्ष धितालले नेपाल सरकार स्वास्थ्यकर्मी माथि संवेदनशील ढंगले अघि बढेको भन्दै स्वास्थ्यकर्मीको आन्दोलनलाई अस्पतालमा राजनीति भैरहेको आरोप समेत लगाएका छन् । बिहीबार राती भेरी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एमाले नेताको अगुवाईमा आक्रमण गरिएको थियो ।
सोहीको विरोधमा अहिले दैनिक साँझ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सांकेतिक आन्दोलन गरिरहेका छन् । यस्तो बेलामा अस्पताल विकास समितिका अध्यक्षबाट आएको धम्कीपूर्ण अभिव्यक्तिलाई अर्थपूर्ण मानिएको छ ।
चिकित्सक माथि ज्यान लिने गरी भएको आक्रमणको सत्य तथ्य छानवीन गर्न गठित ७ सदस्यीय समितिले प्रतिवेदन वुझाएको भोलीपल्टै अध्यक्ष धितालले आन्दोलनरत स्वास्थ्यकर्मीमाथि लक्षित गर्दै नाटकको संज्ञा दिएका हुन् ।
उनले भेरी अस्पतालमा दिनहु हुने नाटक बन्द नगरे अतिको खति हुने भन्दै राजनिती बन्द गर्न समेत चेतावनी दिएका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावतलगायतको समूहले अस्पतालका डाक्टर तथा नर्समाथि विहीबार राती अन्धाधुन्ध आक्रमण गरेका थिए ।
उनीहरुले नर्सिङ स्टाफको घाँटी च्याप्ने देखि अन्य स्वास्थ्यकर्मीहरुलाई साँघातिक आक्रमण गरेपछि ३ जना नसै सहित १ जना चिकित्सक एकतलामाथिबाट हाम्फालेर ज्यान बचाएका थिए ।
चिकित्सकहरुमाथि अमानवीय आक्रमण पछि राष्ट्रपतिदेखि विपक्षी दलका नेताहरुसम्मको विरोध पछि बांके
प्रशासनले छानवीन समिति बनाएको थियो भने संघीय सरकारको गृहमन्त्रालयले समेत दोषीलाई कार्वाही हुने प्रष्टिकरण दिएको थियो ।
घटना लगत्तै सुरक्षाको माग गर्दै काम बन्द गरेर अस्पताल बाहिर भेला भएपछि प्रहरीले घटनामा संलग्न मानबहादुर रावत सहित तीनजनालाई बाँके प्रहरीले ज्यान मार्ने उद्येग अन्तर्गत मुद्दा चलाएको छ ।
पक्राउ परेका मानबहादुरले प्रहरी हिरातबाटै आफ्नो दाजुको हत्या गर्नेसँग बदला लिएरै छाड्ने भन्दै फेसबुक मार्फत स्वास्थ्यकर्मीलाई धम्कि दिएका थिए ।
मृतक रावतको उपचाररत रहेकै बेलामा समेत पक्राउ परेका मानबहादुर सहितका मृतकका आफन्तले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र अध्यक्ष धितालको नाम लिएर स्वास्थ्यकर्मीलाई तर्साउने र धम्काउने गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
रावत नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य एवं मुख्यमन्त्री पोखरेल निकटमा ब्यक्ति हुन् । अध्यक्ष धिताल समेत मुख्यमन्त्री पोखरेल नजिकका नेता मानिन्छन् ।
राजनीतिक पहुँचका आधारमा पक्राउ परेकाहरुलाई छाड्न सक्ने वा मुद्दा कमजोर बनाउन सक्ने भन्दै भेरी अस्पतालका स्वास्थ्कर्मीहरुले कामकाजमा दखल नपर्ने गरि घटनाको भोलिपल्ट देखि हरेक साँझ सांकेतिक आन्दोलन गर्दै आएका छन् ।










प्रतिक्रिया दिनुहोस्