9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोरोना सङ्क्रमित हुने भन्दा परास्त गर्ने धेरै

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

काठमाडौँ, जेठ (रासस) पछिल्लो २४ घण्टामा ६ हजार ८९८ कोरोना सङ्क्रमणमुक्त भइ घर फर्किएका छन् भने सोही अवधिमा ६ हजार ८५ मा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार १४७ को पिसिआर र ३ हजार १८ जनाको एन्टिजेन परीक्षण गर्दा पिसिआर मार्फत ५ हजार २८५ र एन्टिजेन मार्फत ८०० सङ्क्रमित पुष्टि भएको हो । यस्तै हाल देशभर एक लाख ४ हजार ७८९ सक्रिय सङ्क्रमित छन । मन्त्रालयको अनुसार सोही अबधिमा देशभर ६८ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७ हजार ४५४ पुगेको छ । हालसम्म सङक्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख ५४ हजार ३४४ छ ।

अनावश्यक टिप्पणी नगर्न आग्रह

मन्त्रालयले कोभिड–१९ को महामारीका सम्बन्धमा अनाधिकृत व्यक्तिले अनावश्यक बोल्न र टिप्पणी नगर्न अनुरोध गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृृष्णप्रसाद पौडेलले आज सूचना जारी गर्दै जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायले आमसञ्चारमाध्यममा बोल्ने र टिप्पणी नगर्न आग्रह गर्नुभएको हो ।

यस्ता गतिबिधिले धेरैलाई द्विबिधा र भ्रमित बनाउने गरेकाले यस्तो कार्य नगर्न विज्ञप्तिमा भनिएको छ । “कोभिड–१९ का सम्बन्धमा समग्र जनस्वास्थ्यका बिषयमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकाय वाहेकले आधिकारिक जानकारी वा पुष्ट््याइ गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रूपमा सवैलाई अनुरोध गर्ने ” सूचनामा उल्लेख छ । मन्त्रालयले अनाधिकृत सूचना तथा जानकारी प्रकाशन प्रसारण गर्न नगराउन अनुुरोध समेत गरेको छ ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     9:40:13 AM  |