27 April 2024  |   शनिबार, बैशाख १५, २०८१

दुई वर्षभित्र दुध उत्पादनमा आत्मनिर्भर बन्छौ : मन्त्री अर्याल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८  

काठमाडौँ,  जेठ (रासस)  कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दुध उत्पादनमा आत्मनिर्भर बन्ने बताउनुभएको छ । विश्व दुध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मङ्गलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा मन्त्री अर्यालले प्रति व्यक्ति ११ लिटर दुध अपुगको अहिलेको अवस्थालाई दुई वर्षभित्र पुरा गर्छौ भन्नुभयो ।

मन्त्री अर्यालले दूग्ध र डेरी क्षेत्रलाई प्रोत्साहित गर्ने गरी बजेट आएको समेत बताउनुभयो । कोभिड १९ महामारीले दूग्ध क्षेत्रमा समस्या सिर्जना गरेको भन्दै उहाँले यस विषयमा मन्त्रिपरिषद्को बैठकमा समेत छलफल भएको र बजारसँग जोडिएका कुरालाई सहजीकरण गर्ने दिशातर्फ सरकार अगाडि बढेको बताउनुभयो । डिडिसीले दैनिक एक लाख लिटर दुध सङ्कलन गर्नुुपर्ने अवस्था भएपनि अहिलेको अवस्थामा ९० हजार लिटर दैनिक सङ्कलन गर्दै आएको भन्दै उहाँले बजार खुलेपछि खपत बढाउने गरी काम गर्न निर्देशन दिनुभयो ।

प्रकाशित मितिः बुधबार, जेष्ठ १९, २०७८     7:50:41 AM  |