29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

के शंकर पोखरेलको कुर्सी हल्लिएकै हो ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

सोमबारको राष्ट्रिय सभाको उपनिर्वाचनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको स्पष्ट भएको काँग्रेस नेताहरुले बताएका छन् ।

उपनिर्वाचनको परिनामले मुख्य मन्त्री पोखरेल संसदीय अंकगणितमा अल्पमतमा रहेको पुष्टि भएको नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य डिल्लीबहादुर चौधरीले बताए ।

निर्वाचनमा नेपाली काँग्रेससहित विपक्षी गठबन्धनको उम्मेदवार दृगनारायण पाण्डेयले ४२ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई प्रदेशसभा तर्फ जम्मा ४० मत मात्रै प्राप्त भएको थियो ।

सार्वजनिक लेखा समितिका सदस्य समेत रहेका चौधरीले भने ‘राष्ट्रियसभाको निर्वाचनले मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको पुष्टि भइ सकेको हुँदा उहाँलाई एक मिनेट पनि पदमा बसिरहन नैतिकता छैन ।’

चौधरीले जेठ १९ गतेको संसद बैठकमा आफुहले त्यो कुरा जोड तोडले उठाउने बताए । सांसद चौधरीले मुख्यमन्त्री पोखरेलले आफ्नै गाउँका सांसद अमरबहादुर डाँगीलाई समेत जोगाउन नसकेको हुँदा अब कुनै हातलमा पनि मुख्यमन्त्रीको पद जोगाउन नसक्ने जिकिर गरे ।

तर, एकजना मुख्यमन्त्री निकटका प्रदेश सभा सदस्यले भने कोही रोइ कराई गर्दैमा मुख्यमन्त्रीले पदबाट राजीनामा नदिने बताए । ‘सडकमा रोई कराई गरेर हुन्छ,’ उनले भने ‘ यस्ता निर्वाचन परिनामले हामी कत्तिपनि बिचलित भएका छैनौं ।’ उनले जति षडेन्त्र गरेपनि कुनैपनि बाहानामा सडकबाट माग्दैमा सरकार नछेड्ने बताए ।

farakkon.com

 

 

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     3:50:54 PM  |