नेपालगञ्ज ।
बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५ः३० बजे साँझदेखि मंगलबार बिहान ८ः४५ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ।
कोरोना व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १ जना बाँके, १ जना कैलाली र १ जना सल्यानका रहेका छन् ।
भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका, ६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५ः३० बजे मृत्यु भएको छ भने बढैयाताल गाउँपालिका, २ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्यु भएको छ ।
यस्तै टीकापुर नगरपालिका, ८ कैलालीका ७७ वर्षीय पुरूषको मंगलबार विहान १२ः ३० बजे मृत्यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका, १ बाँकेका ७० वर्षीय पुरूषको मंगलबार विहान ८ बजे मृत्यु भएको छ ।
त्यसैगरी शारदा नगरपालिका, १ सल्यानका ५९ वर्षीय पुरुषको मंगलबार बिहान ८ः४५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको थियो ।
योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका २९४ पुगेको छ भने अन्य जिल्ला बाहिरका २९१ जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ ।









प्रतिक्रिया दिनुहोस्