‘कुटुमा कुटु’लाई १५ करोड भ्युज



काठमाडौं ।

चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबमा १५ करोड भ्युज पाएको छ ।

हाइलाइट्स नेपालको युट्युब च्यानलबाट अपलोड गरिएको गीतले नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै १५ करोडभन्दा धेरै भ्युुज पाएको हो । यो गीत युट्युबमा २८ मे २०१७ मा युट्युबमा अपलोड गरिएको थियो ।

गीतमा राजनराज शिवाकोटी, मेलिना राई र राजन इशानको स्वर रहेको छ । शब्द तथा संगीत राजनराज स्वयंको छ ।

गीतको भिडियोमा स्वस्तिमा खड्का, निश्चल बस्नेत, आशिफ शाह, बुद्दि तामाङलगायत छन् । भिडियो निर्देशन अशिम शाहले गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार