26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

नेपाली युट्युब ट्रेन्डिङमा भारतीय कन्टेन्टको दबदबा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

काठमाडौं ।

भारत र नेपालको धेरै कुरा मिल्दोजुल्दो छ । यस्तै भारतीय मनोरञ्जनको अन्तर्राष्ट्रिय बजारमध्ये नेपाल पनि एक हो । नेपालमा भारतीय मनोरञ्जन क्षेत्रको लोकप्रियता बढ्दो छ । भारतीय मनोरञ्जनका सामग्री नेपालमा प्रायः धेरैले हेर्छन् ।

यसको पछिल्लो उदाहरणमा नेपाली युट्युब ट्रेन्डिङमा रहेका भारतीय कन्टेन्टहरुले प्रस्ट्याउँछ ।

अहिले युट्युबको ट्रेन्डिङ लिस्ट हेर्ने हो भने एकदेखि चारसम्म भारतीय कन्टेटकै वर्चस्व छ । हाल ट्रेन्डिङको पहिलो स्थानमा हिन्दी डब दक्षिण भारतीय चलचित्र ‘भोटर’ रहेको छ । एक हप्ता अघि मात्रै युट्युबमा आएको यो भिडियो हालसम्म दुई करोड ७६ लाख बढिले हेरिसकेका छन् ।

दोस्रो स्थानमा मोबाइल गेम ‘फ्रि फायर’ को दुई भारतीय युवाले ‘फ्रि फायर वल्र्ड २०२१’ सिरिजको फिनालेको बारेमा कुरा गरिरहेका छन् । जहाँ विश्वभरीबाट मोबाइलमार्फत फ्रि फायर गेम खेल्ने खेलाडिहरुबाट छानिएकाहरु सिंगापुरमा भएको फिनालेमा बसेर खेलेका छन् ।

फिनालेमा ६ राउन्ड पार गरेर अन्तिम राउन्डसम्म आफूलाई लगेर विजेता हुनेछन् । युट्युबमा आएको १२ घण्टामै यस भिडियो ६ करोड १७ लाखभन्दा धेरैले हेरिसकेका छन् ।

त्यस्तै युट्युब ट्रेन्डिङ ३ मा, अहिले महामारीमा विश्वभरी नै चर्चित अनलाइन कक्षालाई व्यांग्यात्मक र हास्यास्पद शैलीमा प्रस्तुत गरिएको छ । चौथौ नम्बरमा फेरि पनि हिन्दी डब दक्षिण भारतीय चलचित्र ‘द कुंग फु मास्टर’ रहेको छ ।

यस्तै युट्युब ट्रेन्डिङको पाँचौं, छैठौं र सातौं स्थानमा पनि विदेशी कन्टेन्टकै दबदबा देखिएको छ । आठौं स्थानमा मात्रै नेपाली कन्टेन्ट देख्न सकिन्छ । अहिले मात्रै होइन युट्युबको नेपाल च्याप्टरमा यस्तो ट्रेन्डिङ धेरैपटक देखिन्छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     1:46:53 PM  |