3 December 2021  |   शुक्रबार, मंसिर १७, २०७८

देशभर थप ६,४९१ कोरोनामुक्त

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

कोहलपुर ।

नेपालमा देशभर पछिल्लो २४ घण्टामा सोमबार थप ४ हजार ७ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १ सय ७८ जना र २ हजार ४ सय २५ एन्टिजेन परीक्षणमा ५ सय ८४ जना गरी ४ हजार ७ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण १ सय १४ जनाको मृत्यु भएको छ भने ६ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् । सोमबारको तथ्यांकपछि नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये ४ लाख ४७ हजार ४ सय ४६ जना संक्रमणमुक्त भइसकेका छन् भने १ लाख ६ हजार ४ सय ७० जना सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ हजार ३८६ पुगेको छ । यस्तै १० वर्ष मुनिका ११२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३८५ जनामा कोरोना संक्रमण देखिएको थियो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८९०, मोरङ र ललितपुरमा २५२÷२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै सुनसरीमा १६४, मकवानपुरमा १४१, कास्कीमा १२९, चितवनमा १२६, रूपन्देहीमा १२०, धनुषामा ११७ र काभ्रेपलाञ्चोकमा ११३ जना कोरोना संक्रमित थपिएका थिए ।

सिन्धुपाल्चोकमा ९४, दाङमा ७५, दार्चुलामा ७४, नुवाकोटमा ६२, कञ्चनपुरमा ५४, गोरखामा ५३, अछाममा ५२ जना कोरोना संक्रमित थपिएका हुन् । यस्तै सप्तरीमा ४७, सल्यानमा ४५, पाल्पामा ४१, सर्लाहीमा ४०, महोत्तरीमा ३४, तनहुँमा ३२, बारामा २९, खोटाङ, नवलपरासी पूर्वमा २७÷२७ जना, तेह्रथुममा २६, सुर्खेतमा २५ जनामा संक्रमण देखिएको थियो ।

पर्वतमा २०, दोलखा र लमजुङमा १९÷१९ जना, पर्सामा १८, धनकुटा र रौतटहमा १७÷१७ जना, सिन्धुलीमा १६, ओखलढुंगा, रामेछाप र जुम्लामा १३÷१३ जना, रसुवा र बाँकेमा १२÷१२ जना, सिरहा, नवलपरासी पश्चिम र डडेलधुरामा ११÷११ जना तथा म्याग्दीमा १० जना संक्रमित थपिएका थिए । यस्तै स्याङजामा ९, रोल्पामा ७, उदयपुरमा ८, इलाम, अर्घाखाँची, कपिलवस्तु र बर्दियामा ६÷६ जना, गुल्मी, जाजरकोट र बैतडीमा ५÷५ जना, भोजपुर र रूकुम पश्चिममा ४÷४ जना, प्युठानमा ३, बागलुङमा २ तथा पाँचथर, सोलुखुम्बु र बाजुरामा १÷१ जना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     7:39:02 AM  |