5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

रहेनन् एमाले नेता थापा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८  

नेपालगञ्ज ।

नेकपा एमाले बाँकेका नेता डम्बर थापाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । एमाले, बाँकेका सचिवालय सदस्य एवं डुडुवा गाउँ कमिटीका इन्चार्ज थापाको सोमबार दिउँसो सवा दुई बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । वैशाख २५ गते पीसीआर जाँच गरेपछि थापा नेपालगञ्ज मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए ।

युवा संघ, बाँकेका पूर्व अध्यक्षसमेत रहेका थापाको मृत्युले पार्टीले एउटा अभिभावक गुमाएको एमाले, बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिए । ‘थापाको स्वास्थ्य समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो’ उनले भने, ‘कोरोना संक्रमणबाट उहाँको सोमबार दिउँसो मृत्यु भयो । पार्टीले मात्र नभएर बाँकेले नै एउटा अभिभावक गुमाएको छ ।

उनका एक मात्र छोराको मात्र गत माघमा नेपालगञ्जमा हत्या गरिएको थियो । राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रविणको नेपालगञ्जमा घरनजिकै खेतमा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । नेता थापाको सोमबार नै मानखोलामा अन्तिम दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मितिः मङ्लबार, जेष्ठ १८, २०७८     7:35:56 AM  |