बाँकेमा कोरोना कहर; ४२ थपिदाँ, १३२ डिस्चार्ज



कोहलपुर ।

बाँकेमा पछिल्लो २४ घण्टामा सोमबार थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ४२ जनाका संक्रमण पुष्टि भएको हो । १९ महिला र २३ पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ ।

भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा १० महिला र १४ पुरुष गरेर २४, मेडिकल कलेज कोहलपुरमा गरिएको परीक्षणमा ७ महिला र ६ पुरुष गरि १३ तथा बागेश्वरीको ल्याबमा गरिएको परीक्षणमा २ महिला र ३ पुरुष गरि ५ मा संक्रमण देखिएको थियो ।

योसँगै बाँकेमा कुल कोरोना संक्रमितको संख्या ७ हजार २ सय ५९ महिला र ९ हजार ८ सय ५ पुरुष गरेर १७ हजार ६४ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए । सोमबार बाँकेका प्रयोगशालामा गरिएको परीक्षणमा बाहिरी जिल्लाका ३८ जनामा संक्रमण पुष्टि भएको उनले बताए । तीमध्ये २० महिला र १८ पुरुष रहेका थिए । जिल्लामा ४२ संक्रमित थपिदाँ पछिल्लो २४ घण्टामा थप १ सय ३४ जना कोरोना जितेर घर फर्किएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन ओलीले बताए । ५१ महिला र ८३ पुरुष गरेर थप १ सय ३४ कोरोना जितेर डिस्चार्ज भएका हुन् ।

अहिलेसम्म बाँकेमा कोरोना जित्नेहरुको संख्या १६ हजार १२ पुगेको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जारी गरेको तथ्यांकमा उल्लेख रहेको छ । ६ हजार ८ सय ९ महिला र ९ हजार २ सय ३ पुरुषले कोरोना जितेका छन् । पछिल्ला दिनहरुमा बाँकेमा नयाँ थपिने संक्रमितको संख्याभन्दा कोरोना जित्नेहरुको संख्या बढिरहेको फोकल पर्सन ओलीले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा थप ९ जनाको मृत्यु भएको थियो । जिल्ला भित्रका २ महिला र २ पुरुष गरेर ४ तथा बाहिरी जिल्लाका १ महिला र ४ पुरुष गरेर ५ जनाको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । योसँगै संक्रमणका कारण बाँके भित्रका १ सय २४ महिला र १ सय ६९ पुरुष गरेर २ सय ९३ जनाको ज्यान गइसकेको छ । त्यसैगरि बाँकेका अस्पतालमा उपचारका क्रममा बाहिरी जिल्लाका २ सय ८७ जनाको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।

तीमध्ये ९२ महिला र १ सय ९५ पुरुष रहेका छन् । जिल्लाभित्र र बाहिरका गरेर अहिलेसम्म बाँकेका उपचारका क्रममा २ सय १६ महिला र ३ सय ६४ पुरुष गरेर ५ सय ८० को मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेले जनाएको छ । सोमबारसम्म बाँकेमा सक्रिय संक्रमितको संख्या ३ सय २६ महिला र ४ सय ३३ पुरुष गरेर ७ सय ५९ रहेको थियो । तीमध्ये ३ सय ५८ महिला र ३ सय ९२ पुरुष गरेर ७ सय ५० होम आइसोलेसनमा रहेका थिए । जिल्लाभित्र ९ र बाहिरी जिल्लाका ३ सय ५ गरेर ३ सय १४ अस्पताल र आइसोलेसन सेन्टरमा रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १८ गते मंगलबार