18 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

दुईनाल भरूवा बन्दुक सहित दुईवटा अवैध अक्सिजन सिलिन्डर बरामद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

शिवु खनाल
दाङ, १७ जेठ

बेवारिसे अवस्थामा रहेको दुईनाल भरूवा बन्दुक बरामद गरि थप आवश्यक कार्वाहीकाे लागि दाङको इलाका प्रहरी कार्यालय गढवालाई बुझाइएको छ । आइतवार राति ७:५० बजेकाे समयमा सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट काेइलाबास नाकाका सशस्त्र प्रहरी निरिक्षक माधबप्रदास ढुङगेलकाे कमान्डमा खटिएको गस्ति पटाैलीङ् टाेलिले गढवा गाउँपालिका वडा नम्बर ८ दुर्गा सामुदायिक वनबाट बेवारिसे अवस्थामा दुईनाल अवैध भरूवा बन्दुक बरामद गरेर नियन्त्रणमा लिएको थियोे ।

उक्त अवैध हातहतियार थप आवश्यक कार्वाहीकाे लागि साेमबार इलाका प्रहरी कार्यालय गढवालाई बुझाएको सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट काेइलाबास नाकाका सशस्त्र प्रहरी निरिक्षक माधबप्रदास ढुङगेलले जानकारी दिनुभयो । गस्ति पटाैलीङ् टाेलिले बरामद गरेको अवैध हातहतियार सिमा जस्तो संवेदनशीलता क्षेत्रमा कुनै पनि मानविय हिंसा र अपराध गर्ने क्रियाकलपकाे निमित्त, अवैध वन्यजन्तु चाेरि सिकारी गर्न सक्न मनसायले हतियारकाे प्रयोग हुन सक्ने देखिन्छ ।

विगतमा पनि विभिन्न समयमा सशस्त्र प्रहरी बल नेपाल बाेर्डर आउट पाेष्ट काेइलाबास दाङले पटकपटक अवैध हातहतियार अपराधीक क्रियाकलापलाई निषेधित गरेको देखिन्छ । यस्तै भारतसँग जाेडिएकाे दाङको काेइलाबास नाकाबाट गत बैशाख साेह्र गते अवैध रूपमा तस्करी हुन लागेको दुईथान अक्सिजन सहितकाे सिलिन्डर बरामद गरि थप आवश्यक कार्वाहीकाे लागि २९ नम्बर गण भालुबाङ्लाई बुझाएको थियोे ।।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     9:31:47 PM  |