5 December 2021  |   आइतवार, मंसिर १९, २०७८

बाँकेमा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्ब्याइयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

बाँके : बाँकेमा जारी निषेधाज्ञा आगामी जेठ २४ गतेसम्मका लागि लम्ब्याइएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

यसअघि प्रशासनले जेठ १७ गते राति १२ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको थियो ।

कोभिड–१९ संक्रमणको चेन ब्रेक गर्न र रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको उनले बताए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     5:17:34 PM  |