20 April 2024  |   शनिबार, बैशाख ८, २०८१

पाण्डेयको प्रतिक्रिया : मेरो जितले प्रतिगमनलाई जवाफ दिएको छ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

दाङ : लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेले आफ्नो जितले प्रतिगमनलाई जवाफ दिएको बताएका छन्।


उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका थिए।

लगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै उनले सदनमा अब संघीयता र गणतन्त्रका विषयलाई बुलंद पार्ने बताए।

संघीयता र गणतन्त्र ओझेलमा पार्ने काम भइरहेकोमा उनले असन्तुष्टि जनाएका छन्।

साथै उनले प्रधानमन्त्री केपी शर्मा ओलीका कदमप्रति संकेत गर्दै आफ्नो जित प्रतिगमनलाई जवाफ भएको बताए।

उनी हालै नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेका थिए। आफ्नो जितलाई उनले राष्ट्रिय एकताको रूपमा बुझ्न आग्रह गरेका छन्।

उनलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले सघाएको थियो।

तत्कालीन राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि माओवादीले उनलाई कारवाही गर्दा यहाँ एक पद रिक्त थियो। सोही पदमा आज उपनिर्वाचन हुँदा खड्का कांग्रेसलगायत विपक्षी गठबन्धनसँग पराजित भएका हुन्। setopati

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     4:55:07 PM  |