29 November 2021  |   सोमवार, मंसिर १३, २०७८

पाकिस्तानको ऋण मिनाहा गर्न मानेन चीनले

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

पाकिस्तानको इमरान खान सरकारले ऋण मिनाहाका लागि चीनलाई अनुरोध गरेकोमा बेइजिङले त्यसलाई अस्वीकार गरेको छ ।

चीन–पाकिस्तान आर्थिक कोरिडोरअन्तर्गत तीन अर्ब डलर ऋण मिनाहा गरिदिए हुन्थ्यो भन्ने पाकिस्तानको चाहना थियो ।

चीनले पाकिस्तानमा लगभग २९४ अर्ब डलर बराबरको ऋण दिएको छ । ऋण सम्झौतालाई परिवर्तन गर्न अहिले सम्भव नरहेको बेइजिङले बताएको छ । ऋण मिनाहा गर्नका लागि चिनियाँ बैंकहरूले नियम र शर्तमा परिवर्तन ल्याउनुपर्ने उसको भनाइ छ ।

पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको १०९ प्रतिशत ऋण छ । सन् २०२३ सम्म ऋण र कुल गार्हस्थ्य उत्पादनको यो अनुपात झनै बढ्ने र सरकार समस्यामा पर्ने अर्थविद्हरूले बताएका छन् ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     3:11:30 PM  |