19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

विषालु च्याउ खाँदा एक हप्तामै चार जनाको ज्यान गयो

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिका–६ बस्ने ४५ वर्षीया दिलमाया दर्जीको विषालु च्याउ खाएर ज्यान गएको छ ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा बिरामी भएर उपचारका लागि धरान गएकोमा उपचार छाडेर फर्कँदै गर्दा हिजो बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । दर्जीसहित सङ्खुवासभामा च्याउ खाएर एक हप्ताभित्र ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ ।

 

सिलिचोङ गाउँपालिकामा दुई जना र खाँदबारी नगरपालिकामा दुईजनाले ज्यान गुमाएका हुन् । सङ्खुवासभामा च्याउ खाँदा ज्यान गुमाउने घटना वर्षेनि हुने गरेका छन् ।  जङ्गलमा धेरै किसिमका च्याउ पाइने र कतिपय विषालु हुने गरेकोमा च्याउ टिप्नेहरुले नचिन्दा ज्यान जाने गरेको हो ।साभार उज्यालो

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     12:16:59 PM  |