18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

गणपति रावतद्धारा मातहतका युनिटको अनुगमन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

बर्दिया ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण अन्तरर्गतका विभिन्न युनिटहरुको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको छ । गणका गणपति नर बहादुर रावतले आफ्नो कार्यक्षेत्रमा रहेका युनिटहरुका निरीक्षण तथा अनुगमन आइतबार गरेका हुन् ।

खासगरी नेपाल भारत सीमामा खटिएका सशस्त्र प्रहरी बलका कर्मचारी, पोस्ट र बिओपी पतिहरुलाई हालको बिषम स्थिती र सशस्त्र प्रहरीले निभाउनु पर्ने भुमिकाका साथै सीमा ईलाकामा बसोबास गर्ने जनतालाई कोरोनाको नयाँ भेरियन्ट सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्न निर्देशन गणपति रावतले निर्देशन दिएका थिए ।

जिल्लाको मधुवन भगरैया र राजापुर ईलाकामा पुगी कर्तव्य पालनको सिलशिला र अन्य अवस्थामा पनि स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गर्ने गराउने भनि उनले निर्देशन सम्बोधन गरे ।

भन्सारी छाली, चोरी पैठारी रोक्न मातहतका युनिटहरुलाई गणपति रावतले कडा निर्देशन दिएका थिए ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     1:14:50 PM  |