लुकाकुलाई भित्र्याउने प्रयासमा चेल्सी



इंग्लिस क्लब चेल्सी रामेलु लुकाकुलाई पुनः क्लबमा ल्याउन प्रयासरत रहेको छ।

डेलिमेलका अनुसार युरोपियन च्याम्पियन चेल्सी आफ्ना पुराना खेलाडी लुकाकुलाई ल्याउनका लागि प्रतिवद्ध रहेको र सक्दो प्रयास गरिरहेको छ ।

इटालियन क्लब इन्टर मिलान पनि आफ्नो आर्थिक अवस्था सहज बनाउनका लागि लुकाकुलाई लिएर खुला रहेको जनाइएको छ ।

सन् २०११ मा चेल्सीमा अनुबन्धित भएका उनी सन् २०१४ मा एभर्टन गएका थिए । त्यसपछि २०१७ मा म्यानचेस्टर युनाइटेड गएका उनी सन् २०१९ यता इटालियन क्लब इन्टर मिलाना छन् ।

लुकाकुकै सहयोगमा इन्टर मिलानले यो वर्ष सिरी ए फुटबलको उपाधि जितेको छ । २८ वर्षका लुकाकुले यो सिजन सिरी ए मा ३३ गोल गरे ।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार