17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

घट्दैछ संक्रमितको संख्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८  

कोहलपुर ।

नेपालमा पछिल्लो २४ घण्टा आइतबार ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९८६ जनामा पीसीआर परीक्षण गर्दा ३७०२ र १७८४ एन्टिजेन परीक्षणमा ६६७ जना गरी ४,३६९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको थियो । कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै १० वर्ष मुनिका ११० बालबालिकामा कोरोना संक्रमण देखिएको थियो । ११ देखि २० वर्ष उमेर समूहका ३२६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । आइतबार मन्त्रालयको प्रेस ब्रिफिङका क्रममा जनस्वास्थ्य तथा सामुदायिक कार्यक्रम विभाग, धुलिखेल अस्पतालका निर्देशक डा.विराज कर्माचार्यले अघिल्लो हप्ताभन्दा यो हप्ता झण्डै १७.५ प्रतिशतले कोभिड संक्रमितको संख्यामा कमी आएको जानकारी दिए ।

अन्य प्रदेशमा संक्रमितको संख्यामा कमी आएपनि गण्डकी प्रदेशमा भने विगतको हप्ता भन्दा ५०.८ प्रतिशतले संक्रमितको संख्यामा वृद्धि भएको उनले बताए । डा. कर्माचार्यले अहिले पनि नेपालमा टेष्ट पोजेटिभिटी निकै नै धेरै भएको बताए । उनका अनुसार नेपालको टेष्ट पोजेटिभिटि झण्डै ३७.७ प्रतिशत छ भने भारतमा १०. ४ प्रतिशत छ । उनले भने, ‘टेष्ट पोजेटिभिटी ५ अथवा त्यो भन्दा कम हुनुलाई राम्रो मानिन्छ ।’ परीक्षण गरिएकाहरुको अनुपातमा संक्रमितहरुको प्रतिशतलाई टेस्ट पोजेटिभिटी भनिन्छ ।

मन्त्रालयका अनुसार आइतबार प्रदेश १ को इलाममा ९, उदयपुरमा ८, ओखलढुंगामा ४६, खोटाङमा १९, झापामा १७६, ताप्लेजुङमा ३२, धनकुटामा ४, पाँचथरमा ३७, भोजपुरमा २, मोरङमा ३७८, संखुवासभामा ३, सुनसरीमा ७० र सोलुखुम्बुमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रदेश २ को धनुषामा ९३, पर्सा १४, बारामा ५०, महोत्तरीमा १३, रौतहटमा १२, सप्तरीमा ४३, सर्लाहीमा १२ र सिरहामा ३५ जनामा संक्रमण देखिएको हो । बागमती प्रदेशको काठमाडौंमा मात्र ८०४ जनामा कोरोना पुष्टि भएको बताइएको छ । काभ्रेपलाञ्चोकमा ९, चितवनमा ८९, दोलखामा ६, धादिङमा ८४, नुवाकोटमा ६८, भक्तपुरमा ११३, मकवानपुरमा ५५, रसुवामा ४, रामेछापमा ९, ललितपुरमा १७६, सिन्धुपाल्चोकमा ११ र सिन्धुलीमा १२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा १५२, गोरखामा ७४, तनहुँमा ५७, नवलपरासी पूर्वमा १७, पर्वतमा ३, लमजुङमा ६२, बागलुङमा १ र स्याङजामा ३५ जनामा कोरोना पुष्टि भएको थियो ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ४, कपिलवस्तुमा २, गुल्मीमा २३, दाङमा ३८, नवलपरासीमा २७, पाल्पामा १४, प्युठानमा ३, बर्दियामा १०३, बाँकेमा ५४, रुकुम पूर्वमा १, रुपन्देहीमा ७१ र रोल्पामा ४ जनामा कोरोना पाइएको हो । कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा ५, जुम्लामा ५, दैलेखमा ८, मुगुमा २, रुकुम पश्चिमा १७, सल्यानमा ४ र सुर्खेतमा ९५ जनामा कोरोना भेटिएको थियो । सुदूरपश्चिम प्रदेशको अछाममा २१, कञ्चनपुरमा ३८, कैलालीमा २०६, डडेल्धुरामा १, डोटीमा ३८, दार्चुलामा १ र बैतडीमा १७ जनामा कोरोना भेटिएको मन्त्रालयले तथ्यांकमा उल्लेख रहेको छ ।

प्रकाशित मितिः सोमवार, जेष्ठ १७, २०७८     8:12:08 AM  |