शहरसँग टुट्यो नाकाको सम्बन्ध



शिवु खनाल । दाङ ।

भारतसँग जोडिएका दाङका अधिकांश नाका जोड्ने सडक पहिरोका कारण बन्द भएपछि नाकामा खाद्यान्न अभाव हुन थालेको छ । बर्षायाम सुरु भएसँगै राजपुर गाउँपालिकाले खोलेको जंग्रहवादेखि खांग्रानाका बेल, माररिखोलादेखि पटौलीनाका र सुनपत्री खोलादेखि सुनपत्थरीनाका जोड्ने सडक पहिरोका कारण बन्द भएको हुन् ।

पहिरोका कारण सवारी साधन बन्द हुँदा नाका क्षेत्रमा खाद्यान्नको अभाव हुन थालेको भैसाहीनाका स्थानीय टंक विकले जानकारी दिए । ‘केही दिनअघि परेको बर्षाका कारण शहरसँग नाका क्षेत्रको सडक सम्बन्ध टुटेको छ’ उनले भने, ‘देउखुरी लगायतका बजारमा पुग्न समस्या भएसँगै विस्तारै खाद्यान्न समस्या देखिन थालेको छ ।’ कोभिड नियन्त्रण तथा रोकथामको लागि दाङसहित मुलुकभरका अधिकांश जिल्लाहरुमा अहिले निषेधाज्ञा जारी रहेको छ । गाउँपालिकाले खोलेको नाका जोड्ने ट्र¥याक बर्षायाममा पहिरोका कारण बन्द रहेको छ । पहिरोले सडक अवरुद्ध हुनुका साथै आवतजावत पूर्णरुपमा ठप्प छ ।

‘बाटो बन्द भएपछि नाका र देउखुरीको सम्बन्ध टुटेको छ’ स्थानीय विकले भने, ‘बर्षायाम सुरु भएसँगै र नाका जोड्ने बाटो बन्द भएपछि भारतसँग जोडिएका दाङको नाका क्षेत्रमा खाद्यान्न पुग्न सकेको छैन ।’ उनका अनुसार निषेधाज्ञा भएदेखि यता नाकामा खाद्यान्न पुग्न सकेको नसकेको हो । यस्तै भैसाहीनाका निवासी पूर्ण रोकाले पनि गुजारा एकदमै चले एक हप्ता म्म चल्ने बताउँदै नाकामा खाद्यान्नको हाहाकार हुनसक्ने बताए । देउखुरीबाट नाका जोड्ने अवरुद्ध भएको सडक छिटोभन्दा छिटो मर्मत गरि संचालन गर्न गाउँपालिकालाई ध्यानाकर्षण गराइएको उनले जानकारी दिए ।

‘अहिले चाहि छरछिमेकमा अ‍ैचोपैचो गरेर जसोतसो गुजरा चलाएका छांै’ उनले भने, ‘नाकामा खाद्यान्नको अभाव हुन थालेपछि साँझ बिहान गरि एक छाक खाँदै गुजारा चलाउँदै आएको छौँ । नाकामा खाद्यान्नको अभाव भयो । भारत जाउ रोग छ, नेपाल प्रवेश गर्ने बाटो बाढी पहिरोका कारण अवरुद्ध छ ।’ खाद्यान्न अभावको कारण नाकामा हाहाकार होला जस्तो सृजना हुन थाल्यो तर, यो यस्तो गम्भीर परिस्थितिमा पनि स्थानीय पालिका मौन बसेको अर्का स्थानीय शसिराम नेपालीले दुखेसो पोखे । उनले नाका जोड्ने बाटो बन्द भएपछि आवतजावतमा निकै कठिनाइ भएको बताउँदै उनले वृद्धवृद्धाहरूलाई वृद्ध भत्ता लिन गाह्रो भएको बताए । बर्षायामको पहिरोले नाका जोड्ने बाटो बन्द भएपछि विभिन्न समस्या उत्पन्न भएको स्थानीयहरु बताउँछन् ।

यता राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले गाउँपालिकाबाट जेसीभी पठाएर अवरुद्ध भएको सडक मर्मत गर्ने जानकारी दिए । बाटो मर्मत गरि नाकामा खाद्यान्न पु¥याउने अध्यक्ष केसीले दाबी गरे । ‘पटकपटक बाटो मर्मत ग¥यो बर्षापछि आउँने पहिरोले बाटो बिग्रन्छ’ उनले भने, ‘जेसीभी पठाएर बाटो मर्मत ग¥यो, भोली पानी प¥यो भने फेरी उस्तै हुन्छ, बर्षायाममा अलि गाह्रो भएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १७ गते सोमबार