8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

अयोध्यापुरीमा राम मन्दिर बनाइने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाण्डौ – सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर बनाउन बजेट छुट्याएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट प्रस्तुत गर्दै चितवनको अयोध्यापुरीसहित देशभरका धार्मिक स्थलको पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको जानकारी दिनुभएको हो ।

तर राम मन्दिर बनाउन कति रकम विनियोजन गरियो भन्ने उहाँले खुलाउनु भएन ।

पशुपतिनाथ मन्दिरको प्रवलीकरणका लागि ३५ करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो । सरकारले संस्कृतिको संरक्षणका लागि हरेक प्रदेशमा प्रादेशिक संग्रहालय निर्माण गर्ने नीति पनि लिएको छ ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     6:17:12 PM  |