8 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

ल्यापटप किन्न विद्यार्थीलाई १ प्रतिशत ब्याजमा ऋण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८  

काठमाडौं : सरकारले वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न विद्यार्थीलाई एक प्रतिशत व्याजदरमा कर्जा दिने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

 

सार्वजनिक विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वैकल्पिक शिक्षाका लागि ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म कर्जा सुविधा दिइने उनले बताए । १७ वर्षमाथिविका द्यार्थीलाई एक थान सिमकार्ड निशुल्क वितरण गर्ने घोषणा पनि अर्थमन्त्रीले गरेका छन् ।

प्रकाशित मितिः शनिबार, जेष्ठ १५, २०७८     5:57:45 PM  |