कोभिड–१९ को उपचार निःशुल्क, स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता



सरकारले कोभिड–१९ विरुद्धको खोप र उपचार दुवै निःशुल्क गरेको छ।

आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोभिड उपचारका लागि आवश्यक टेष्ट किट आयात तथा उपचारका लागि ४ अर्ब रुपैयाँ विनियोजन गरेको बताए ।

उनले अक्सिजन लगायत अन्य अत्यावश्यक स्वास्थ्य सामग्रीमा कर तथा भन्सार छुट गरेको बताएका छन्। त्यस्तै खोप आयातका लागि २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको बताए।

उनले स्वास्थ्यकर्मीको जोखिम भत्ता पनि कोभिड –१९ महामारी रहेसम्म निरन्तरता दिने बताएका छन्। यस्तै सेवा निवृत्त इन्टरसिपपमा रहेका चिकित्सक तथा नर्सलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको बताए।

  • No tags available
प्रकाशित मिति : २०७८ जेठ १५ गते शनिबार