कोहलपुर ।
पछिल्लो २४ घण्टामा शुक्रबार नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९,८४१ पुगेको छ । महामारी सुरु भएदेखि नै एकै दिन संक्रमणमुक्त हुने यो अहिलेसम्मकै धेरै संख्या हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९६ जनाको मृत्यु भएको थियो । देशभर थप ६,९५१ जनामा संक्रमण पुष्टि भएको हो ।
१९ हजार ३१३ पीसीआर परीक्षणमा ६८५५ र ७९७ एन्टिजेन परीक्षणमा ९६ जना गरी ६९५१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ मा झरेको मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख गरिएको छ ।
यस्तै १० वर्ष मुनिका १७९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ६३७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७९६, काभ्रेपलाञ्चोकमा ३९२, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६, झापामा २२६, भक्तपुर २१३ र रुकुममा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कास्कीमा १८९, ओखलढुंगा र सुनसरीमा १७०-१७० जना, रोल्पामा १२०, मोरङमा १६६, चितवनमा १५१, कैलालीमा १३९, महोत्तरीमा १३७, दाङमा १३०, मकवानपुर, बर्दियामा ११८-११८ जना, बाँकेमा १०९, स्याङ्जामा १०२ र दोलखामा १०१ जना संक्रमित थपिएका हुन् । यस्तै धादिङमा ९८, धनुषामा ९७, नुवाकोटमा ८९, तनहुँमा ८३, सिन्धुलीमा ७२, पाल्पामा ६५, सुर्खेतमा ६१, डडेलधुरामा ५४, पर्वतमा ५१, गुल्मी र कञ्चनपुरमा ५०-५० जना कोरोना संक्रमित थपिएका थिए ।
रौतहटमा ४८, बैतडीमा ४६, बारा, सप्तरी, कपिलवस्तु, अछाममा ४३÷४३ जना, धनकुटामा ४२, गोरखामा ४०, नवलपरासी पुर्वमा ३९, उदयपुरमा ३८, सिरहामा ३४ तथा सर्लाही र डोटीमा ३०-३० जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । यस्तै संखुवासभामा २९, पर्सामा २८, नवलपरासी पश्चिममा २१, कालिकोटमा १९, रामेछापमा १७, म्याग्दी र अर्घाखाँचीमा १३-१३ जना, रसुवामा १२ तथा इलाम, लमजुङमा ११- ११ जनामा कोरोना संक्रमण् देखिएका छन् । पाँचथरमा ९, प्युठान र रुकुम पश्चिममा ८-८ जना, सल्यानमा ५, बागलुङमा ६, भोजपुर र जुम्लामा ४-४ जना, खोटाङ, ताप्लेजुङ र दार्चुलामा ३-३ जना, रुकुम पुर्व, दैलेखमा २-२ जना तथा सोलुखुम्बु, मनाङ, जाजरकोट, हुम्ला, बझाङ र बाजुरामा १-१ जना थपिएका थिए ।









प्रतिक्रिया दिनुहोस्