25 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्णप्रसाद पौडेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

काठमाण्डाै – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का निर्देशक डाक्टर कृष्णप्रसाद पौडेल स्वास्थ्य मन्त्रालयको प्रवक्ता तोकिनु भएको छ ।

यसअघि स्वास्थ्य मन्त्रालयका प्रवक्तामा प्राध्यापक डाक्टर जागेश्वर गौतम हुनुहुन्थ्यो । उहाँले कोभिड-१९ युनिफाइड केन्द्रिय अस्पताल वीर अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारी पाएपछि प्रवक्ताको जिम्मेवारी डाक्टर कृष्णप्रसाद पौडेललाई दिइएको हो । डाक्टर गौतमले झण्डै एक वर्ष स्वास्थ्य मन्त्रालयको प्रवक्ताको जिम्मेवारी सम्हाल्नु भएको थियो ।उज्यालो साभार

 

 

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     2:09:30 PM  |