9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

कोरोनाबाट एकाघरका तीनजनाको मृत्यु !

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

–निरा गौतम

रूपन्देही,  जेठ (रासस) कोरोना भाइरस सङ्क्रमणबाट एका घरका तीन जनाको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका –१० कालिकानगरमा रहेका बुवा,आमा र छोराको मृत्यु भएको हो । एक हप्ताको अन्तरालमा ६९ वर्षिय पुरुष, उहाँका ५९ वर्षीया श्रीमती र ३९ वर्षका छोराको मृत्यु भएको वडाध्यक्ष पदमबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा र आमाको होम आइसोलेशनमा बसिरहेका बेला मृत्यु भएको हो । कोरोना सङ्क्रमणबाट यही जेठ ५ गते आमा, जेठ ७ गते छोरा र जेठ १२ गते बुवाको मृत्यु भएको हो ।

घरकी बुहारीलाई पनि का सङ्क्रमणका कारण बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेशनमा राखिएको र परिवारमा भएको घटनाबारे अझै थाहा नदिइएको वडाध्यक्ष थापाले बताउनुभयो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     10:30:08 AM  |