9 December 2021  |   बिहिबार, मंसिर २३, २०७८

बालिका बलात्कृत गर्ने पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८  

तम्घास, जेठ (रासस) आफ्नै दाईको छोरी बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –२ का १९ वर्षीया पुरुष पक्राउ परेका हुन् ।

मङ्गलबार १० वर्षीया बालिकालाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जङ्गलमा लगेर करणी गरेको अभियोगमा युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पीडित बालिकाकी आमाले घटनाको दुई दिनपछि आज प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिर आएको हो । उजुरीपछि युवकलाई इलाका प्रहरी कार्यालय, रिडीबाट प्रहरी निरीक्षक सुवराज बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, जेष्ठ १४, २०७८     11:00:48 AM  |